बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

घोराहीका ठूला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सुरु

बुधबार, वैशाख १०, २०८२

दाङ १० वैशाख ।  शिक्षकहरूले राजधानीकेन्द्रित आन्दोलनलाई तीव्र बनाए पनि दाङका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

विद्यालयका निजी स्रोतका कर्मचारी र शिक्षकहरूले सक्रियतापूर्वक भर्ना कार्य गरिरहेका छन् । निजी स्रोतका कर्मचारी र शिक्षकहरूले विद्यालयबाट सङ्कलित शुल्कबाट तलब प्राप्त गर्ने भएकाले राजधानीमा जारी शिक्षक आन्दोलनले भर्ना अभियानमा खासै प्रभाव पारेको छैन ।

माध्यमिक विद्यालय रझेना, घोराहीमा वैशाख १० गतेसम्म पुराना एक हजार विद्यार्थीहरूले भर्ना गरिसकेका छन् भने करिब एक सय जना नयाँ विद्यार्थीले पनि भर्ना गरेको विद्यालय स्रोतले जनाएको छ । यस विद्यालयमा यसअघि १ हजार ८ सय विद्यार्थी अध्ययनरत थिए । वैशाख १४ गतेसम्म भर्ना अभियान सम्पन्न गरी कक्षा सञ्चालनको तयारी भइरहेको छ ।

राप्ती अञ्चलको सबैभन्दा पुरानो र ठूलो सामुदायिक विद्यालय, पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयमा हालसम्म २सय ५० जना नयाँ विद्यार्थी भर्ना भइसकेका छन् । पुराना विद्यार्थीहरू पनि धमाधम भर्ना भइरहेकाले यकिन तथ्याङ्क तयार नभएको विद्यालय स्रोतले बताएको छ ।

स्थायी, राहत र अनुदान कोटामा तलब पाउने शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा सहभागी भए पनि निजी स्रोतका शिक्षक र कर्मचारीहरू भर्ना अभियानमा सक्रिय छन् ।

यसैबीच घोराही उपमहानगरपालिकाले विद्यार्थी भर्ना प्रक्रियाको अनुगमन सुरु गरेको छ । बुधबार उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, प्रवक्ता एवम् सामाजिक महाशाखा संयोजक राममणि पाण्डे, शिक्षा महाशाखा प्रमुख नारायण पौडेललगायतका कर्मचारीले विद्यालयहरूको अनुगमन गर्नुभएकाे थियाे । अनुगमनका क्रममा घोराहीका सामुदायिक विद्यालयहरूमा भर्ना अभियान सन्तोषजनक रूपमा सञ्चालन भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयाे । उहाँले उपलब्ध शिक्षक र कर्मचारीलाई भर्ना अभियानलाई निरन्तरता दिई विद्यार्थीको भविष्यप्रति संवेदनशील हुन आग्रह गर्नुभयाे ।

उपमहानगरपालिकाले घोराहीका पद्मोदय, रझेना, सिद्ध रत्ननाथ मावि नारायणपुर, जनता मावि बुका र गङ्गा मावि रामपुरको अनुगमन गरेको थियो । अनुगमनमा भर्ना अभियान उत्साहजनक रूपमा सञ्चालित भएको पाइएको पाण्डेले बताउनुभयाे । उहाँले भन्नुभयाे, “म सम्पूर्ण अभिभावक र विद्यार्थी भाइबहिनीहरूलाई समयमै विद्यालय गएर भर्ना गर्न हार्दिक अनुरोध गर्दछु । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा हाम्रा सन्तानको भविष्यलाई अन्धकार बनाउनुहुँदैन ।”

घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले सबै सामुदायिक विद्यालयलाई तत्काल भर्ना प्रक्रिया सम्पन्न गरी पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयाे । उहाँले उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयमा अनुगमन गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन कार्य गरिरहेको बताउनुभयाे । “हामीले सबै विद्यालय र व्यवस्थापन समितिलाई भर्ना अभियानलाई सक्रियतापूर्वक सञ्चालन गर्न निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयाे । साभार चेतना अनलाइन

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्