Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा श्रीमानको किरियामा बसेकी श्रीमतीको मृत्यु

शनिबार, वैशाख १३, २०८२

 दाङ - दाङमा श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुर निवासी ६० वर्षीया भगवती शर्मा (आचार्य) को शनिवार बिहान ९ बजे मृत्यु भएको छ।

नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति ८३ वर्षीय नारायण आचार्यको वैशाख ८ गते एक नाले दुई बोर बन्दुकको गोली लागि मृत्यु भएको थियो। श्रीमानको मृत्यु पछि उनी किरिया बसिरहेको अबस्थामा एक्कासि बिरामी भई आफन्तहरूले तुरुन्तै उनलाई राप्ती लाइफ केयर अस्पताल, मोतिपुर पुर्‍याएका थिए । अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

लगातार भएको दुःखद घटनाले स्थानिय समुदाय शोकमग्न बनेको छ। आचार्य परिवारमा एकपछि अर्को गरी घटेका यी घटनाले सबैलाई स्तब्ध पारेको छ। साभार : लाइभ दाङ

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्