बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दलित कर्मचारी समाजको नयाँ नेतृत्व, अध्यक्षमा जयबहादुर बिक र महासचिवमा हेटनारायण रम्तेल

आइतबार, वैशाख २१, २०८२

काठमाडौं - राष्ट्रिय दलित कर्मचारी समाज नेपालको नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार सम्पन्न चौथौं अधिवेशनबाट पदाधिकारी र सबै सदस्य सर्वसम्मतबाट चयन भएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

समाजको अध्यक्षमा जयबहादुर विक, वरिष्ठ उपाध्यक्षमा दिपा परियार, उपाध्यक्ष झविन्द्र विश्वकर्मा, हर्क गायक र सुजनकुमारी बर्देवा तथा महासचिव हेटनारायण रम्तेल चयन भएका छन् ।

समाजको सचिवमा अशोककुमार राम, खगेन्द्र बर्देवा, पुर्ण खाती र मिना बयलकोटी, कोषाध्यक्षमा बोम बहादुर परियार तथा सहकोषाध्यक्ष राजकुमार नेपाली चयन भएका छन् ।

यस्तै सदस्य प्रदेश संयोजक पनि सर्वसम्मत चयन भएका छन् । जसमा कोशी प्रदेशमा ललितकुमार विक, मधेश प्रदेशमा श्याम विश्वकर्मा, वागमतीमा दीपक विक, लुम्बिनीमा दुर्गाबहादुर विक र सुदूरपश्चिममा डम्बरबहादुर ओखेडा संयोजक तथा केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा उपत्यकाबाट शिशिर विक, कृष्ण विश्वकर्मा, अनिल तिखत्री, पर्वत शंकर र तिलक विक, सदस्य खुलामा राजलाल मण्डल, लालबहादुर विश्वकर्मा, दीपक नेपाली, प्रमोद विक, जितबहादुर परियार, सदस्य महिलामा गिता सुर्खेती, चाँदनी विक, अनुप परियार र नन्दा नेपाली सर्वसम्मत चयन भएका छन् ।
भर्खरै सबै तहमा नयाँ नियुक्ति तथा सिफारिश भएका कर्मचारीलाई स्वागत तथा सम्मान गरिएको छ भने, पूर्व सचिव डा.मानबहादुर विश्वकर्मा, सहित पूर्व प्रशासम तथा संस्थापक अध्यक्ष रामबहादुर नेपाली सहित १६ जनालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्