सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचाैर - बङगलाचुलि गाउँपालिकाले आयोजना गरेको १० दिने आधारभुत पलम्बिङ तालिम आज सम्पन्न भएको छ।बङगलाचुलि गाउँपालिकाको आयोजना तथा नेपाल मगर सङघ बङगलाचुलिको समन्वय तथा ब्यवस्थापनमा तालिम सम्पन्न भएको हो ।
बैशाख १२ गतेदेखि सन्चालन भएको तालिमको आज एक कार्यक्रमकाविच बङगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले गर्नु भएको थियो।कार्यक्रम समापन को अबसरमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले बङगलाचुली गाउँपालिकाले सिपमुलक रोजगारमुलक र क्षमता अभिबृदि गर्ने खालका गतिविधिलाइ प्राथमिकतामा राखेको बताउनु भयो।ब्यक्तिको मानविय विकास आर्थिक बिकास सङग जोडिएकाले आँफुहरुले सिपमुलक तथा रोजगारमुलक गतिविधिलाइ जोड दिएको बताउनु भयो। त्यस्तैगरी कार्यक्रममा बोल्दै बङगालचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सि ले तालिमका सहभागिहरुलाइ आफुले सिकेका सिपलाइ आफ्नो गाँघर समाजमा धेरै भन्दा धेरै प्रयोग गर्न आग्रह गर्नु भयो ।आदिवासि जनजाति शसक्तिकरण अन्तरगत हुने यस्ता आधारभुत तालिम ले खासै परिवर्तन नआएपनि ब्यक्तिको जाँगर र सिक्ने उत्सुकता भएमा जिवनमा धेरै सफलता मिल्ने बताउनु भयो। नेपाल मगर सङघ दाङ जिल्ला सदस्य कमल कँवर मगरले सन्चालन गर्नु भएको कार्यक्रममा पालिका अध्यक्ष तुल्सिराम पुन उपाध्यक्ष भक्त बहादुर जि सि प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल प्रशासन शाखा प्रमुख गोपाल के.सी तालिमका प्रशिक्षक बिपिन कुँवर नेपाल मगर सङघ बङगलाचुलिका अध्यक्ष काँसिराम बुढा सल्लाहकार टोमलाल घर्ति सचिव रविन पि. एम बङगलाचुली गाउँपालिका का प्रबक्ता शोभाराज बिश्वकर्मा वार्ड नम्बर ४ का वडाअध्यक्ष डाँस बहादुर डाँगि पुर्ब वडाअध्यक्ष नारायण डाँगी रेडियो बङगलाचुलिका स्टेशन म्यानेजर जिवन रोका लगायतको उपस्थिति रहेको थियो। तालिममा बङगलाचुलि गाउँपालिका का ८ वटै वडाबाट १४ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रमको अवसरमा प्रशिक्षार्थिहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो। बंगलाचुलीमा महिलाहरुका लागि एक महिने ब्युटिसियन तालिम शुरु
यसैविच बङगलाचुलीमा गाउँपालिकाको आयोजनामा आजदेखि १ महिने ब्युटिशियन तालिम शुरु भएको छ।महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत तालिमको बङगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन ले एक कार्यक्रमकाबिच उद्घघाटन गर्नु भयो ।
तालिममा पालिकाभरबाट प्रत्येक वडाबाट २/२ जनाको दरले १६ जना महिला तथा किशोरिहरुको सहभागिता रहेको छ ।