सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
नवलपुर - कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएकाे छ।
लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेले जानकारी दिनुभयाे
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।