दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशमा कम बेरुजु भएको पालिकामा दोस्रो

बिहीबार, जेठ १, २०८२

दाङ - दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश मै कम बेरुजु भएको पालिका भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा लुम्बनिी प्रदेशका एकसय ९ वटा पालिकामध्ये कम बेरुजु भएको पालिका मध्ये दोस्रो नम्बरमा परेको छ ।

जसमा एक अर्ब ५६ करोड ७० लाख रुपैँयाको लेखापरीक्षण हुँदा २१ लाख ४५ हजार मात्रै बेरुजु देखिाएको छ । जुन ०.१४ प्रतिशत हो । सबै भन्दा कम बेरुजु भएको पालिकामा अर्घाखाचीको पानीनी गाउँपालिका रहेको छ । जसले ०.११ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।


१ अर्ब ४४ करोड ५० लाख रकमको लेखा परीक्षण भएकोमा १५ लाख ३५ हजार मात्रै बेरुजु देखिएको हो । त्यस्तै तेस्रोमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाले ०.३३ प्रतिशत बेरुजु गरेको छ । जसको बेरुजु रकम ३७ लाख ४८ हजार रहेको छ । त्यस्तै सबै भन्दा धेरै रुपन्देहीको रोहीनी गाउँपालिकामा बेरुजु देखिएको छ ।

१ अर्ब २० करोड १६ लाख लेखा परीक्षण रकममा ८ करोड ८९ लाख ६२ हजार बेरुजु देखिएको छ ।  साभार : लाइभदाङ

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाचार