निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

शुक्रबार, जेठ २, २०८२

काठमाडौं, २ जेठ - राज्य व्यवस्था तथा सुशासन समितिबाट  ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।


समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट बिधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।


उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ भने  निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
समाचार