Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने

आइतबार, जेठ ४, २०८२

काठमाडौं, ४ जेठ - बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्।


 काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।


चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।


सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
समाचार