मेयर खड्काले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति प्रेस सेन्टर तुलसीपुरको घोर आपत्ति

सोमबार, जेठ ५, २०८२

दाङ, ५ जेठ - तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पत्रकार सागर सुवेदीसँग गरेको अभद्र व्यवहारप्रति प्रेस सेन्टर तुलसीपुरले गम्भीर आपत्ति जनाएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

सोमबार बिहान पत्रकार सुवेदीले घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत संक्राम खोलाको पुलमाथिको सडकको अवस्थाबारे मेयर खड्कासँग प्रश्न सोध्दा मेयरले उहाँको मोबाइल खोसेर दुर्व्यवहार गरेको आरोप लागेको छ। पत्रकार सुवेदी प्रेस सेन्टरमा आवद्ध हुनुहुन्छ ।

प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चारकर्मीमाथिको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा माथिको खुला आक्रमण हो। यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रतालाई नै चुनौती दिएको छ।”

घटनाले सञ्चारकर्मीहरूमा त्रास फैलाउने र निष्पक्ष पत्रकारिता कमजोर पार्ने चेतावनी दिँदै प्रेस सेन्टरले तत्काल छानबिनको माग गरेको छ। यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।494570802_1050207147064897_94388445190672819_n-1747670954.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्