सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही ,१३ जेठ – क्रान्तिकारी पत्रकार एवं साहित्यकार शहिद कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर नेपाल दाङले संयुक्त रूपमा पत्रकारहरूलाई सम्मान गर्दै स्मृति दिवस मनाएका छन्।
मंगलबार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाईएको हो ।
महासंघको सभाहलमा भएको कार्यक्रममा प्रेस सेन्टरले स्थापना गरेको ‘कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जिएम, ‘लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार’बाट सेन्टरका कार्यालय सदस्य शान्तकुमार बुढा र ‘प्रेस सेन्टर प्रतिभा पुरस्कार’बाट सदस्य अन्जना विश्वकर्मालाई पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको थियो ।
यस्तैगरी नेपाल पत्रकार महासघ दाङ शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’वाट महासघका सदस्य एवं रेडियो मध्यपश्चिमका स्टेशन म्यानेजर बिष्णु अधिकारी सम्मानित हुनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले इच्छुकको पत्रकारिता र बलिदानले नेपाली पत्रकारितालाई नयाँ दिशा दिएको बताउनुभयो। उहाँले पत्रकारिताको धर्म पालन गर्दै सत्य र निष्पक्षताप्रति अडिग रहन पत्रकारहरूलाई आग्रह गर्नुभयो । स्मृति दिवसमा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष जनक नेपालीले गर्नुभएको थियो ।।