दाङकाे घोराहीमा तकसेरा समाजको भवन उद्घाटन 

आइतबार, जेठ १८, २०८२

घोराही, १८ जेठ - तकसेरा समाज सेवा समिति घोराही दाङको भवन उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवारखोलामा करिव ८३ लाखको लागतमा निर्माण भएको भवनको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालले उद्घाटन गरेका हुन ।

तकसेरा समाज सेवा समिति घोराही दाङका मित्रलाल बुढाको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन गर्दै पूर्व मन्त्रीखनालले तकसेरा समाजलाई एकतावद्ध गर्दै समुदायको हकहित र कला संस्कृति संरक्षणका लागि भवनले सहयोग गर्ने बताए । प्रदेश सरकारमा आफु मन्त्री हुँदा थोरै भएपनि सहयोग गरेको भन्दै आगामी दिनमा पनि तकसेरालगायत अन्य समुदायको हकहित र विकासका लागि निरन्तर सहयोग गर्ने बताएका थिए ।

भवन उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा बुढा, जिल्ला समन्वय समिति सदस्य जुनकुमारी बुढा,घोराही १४ का अध्यक्ष भानसिंह बुढा, घोराही उपमहानगरपालिका–१४ का पूर्व वडा अध्यक्ष शक्तिराम डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष पञ्च बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव बलु बढाले गरेका थिए ।

नवनिर्मित भवन निर्माणका लागि तत्कालिन लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आर्थिक बर्ष २०८०÷०८१ मा २५ लाखसँगै घोराही उपमहानगरपालिकालगायतका विभिन्न संघसस्थाबाट सहयोग भएको कार्यक्रममा जानकारी गराइएको थियो

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
समाचार