सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१९ जेठ - दाङमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जना महिला पक्राउ परेका छन्। प्रहरीले दुई फरक स्थानबाट गाँजा, चरेश र ब्राउन सुगर बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
रोल्पा घर भई हाल घोराहीमा बस्दै आएकी ६३ वर्षीया मायादेवी बिकलाई प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा सुत्ने कोठामा लुकाइराखिएको ९ किलो ८२० ग्राम गाँजा र ५३ ग्राम चरेश बरामद गरेको छ।
तेस्रो पुस्ताकै महिला भएको देखिएका बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लागू औषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले २१ वर्षीया प्रतिभा विश्वकर्मालाई पक्राउ गरेको हो। तुलसीपुर–४, घोरनेठी बसोबास गर्दै आएकी विश्वकर्माको साथबाट २६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।
प्रहरीले दुवै घटनामा संलग्न महिलामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।