लुम्बिनी सरकारले निजामती सेवा नियमावली लोकसेवामा पठाइने

मंगलबार, जेठ २०, २०८२

दाङ - लुम्बिनी सरकारले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही प्रस्तावको आधारमा बैठकले उक्त नियमावली प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
समाचार