Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

श्रीमतीको सम्झनामा शालिक निर्माण गरेका विक सम्मानित

बिहीबार, जेठ २२, २०८२

दाङ,२२ जेठ  - दिवंगत श्रीमतीको सम्झनामा शालिक निर्माण गरेका घोराही–१५ रतनपुरका भक्त बहादुर बिकलाई घोराहीमा अभिनन्दन गरिएको छ । 
घोराही बनाऔँ अभियान दाङको पहलमा नेपाल पत्रकार महासंघको सभा हलमा बिहिबार बिहान एक कार्यक्रमको आयोजना गरि बिकलाई सम्मान गरिएको हो । 

क्यान्सरका कारण पत्नी(आसा कुमारी नेपाली) गुमाउनुभएका भक्तबहादुरले आफ्नी श्रीमतीको शालिक निर्माण गरेर अमर प्रेम व्यक्त गर्नुभएको छ । त्यतिमात्रै होइन नाबालक छोराछोरी र बृद्ध बाआमाको दायित्व समेत उहाँले पूरा गरिरहनुभएको छ । यो उदाहरण बाहिर आउनुपर्छ भनेरै हामीले अभिनन्दन गरेको हौँ ।’ घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले भन्नुभयो । 

त्यसैगरी आफ्ना कुरा राख्नुहुँदै भक्तबहादुर बिकले सुनाउनुभयो, ‘खासमा मैले १५ वर्ष बिताएको, मेरो खुसीमा खुसी हुने, आफ्नी श्रीमतीको सम्झना राख्नका लागि र मनको दुःख कम गर्न शालिक बनाउने निर्णय गरेको हुँ । त्यस्तै उनका कुरा, आफ्ना अनुभूति समेटेर किताब पनि प्रकाशित गरेको छु ।’ 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, लक्ष्मी आचार्य, दुर्गालाल केसी, यम रेग्मी, सूर्य बिसी, सुरेशकुमार पाण्डेय, बसन्ता खड्का, गिरिराज नेपाली लगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्