सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
तुलसीपुर ,२५ जेठ - दाङको बखरियामा आइतबार बिहान ११ बजेतिर भएको बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि यात्रुबहाक बसमा सवार मध्य दंगीशरण गाउँपालिका – २ का ६५ बर्षीय नारायण भण्डारी र ३७ बर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
३० दुर्घटनाका घाइते मध्य अधिकाँसको अवस्था मध्यम छ । ६ जना जतिको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ । दुबै बस प्रहरी नियन्त्रणमा छन् ।
स्कुल बसलाई ठक्कर दिएपछि अनियन्त्रित भइ यात्रुबहाक बस पल्टिएको थियो ।
दंगीशरण गाउँपालिका – २ कौवाघारीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुबहाक बसले राप्ती राजमार्ग अन्तरगत तुलसीपुर – १३ बखरियामा आइ पुगेपछि स्कुल बसलाई ठक्कर दिएको थियो ।
तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविको विद्यार्थी छोडेर फर्किदै गरेको रा १ ख ८७० नम्बरको बसलाई ठक्कर दिएपछि यात्रुबहाक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
स्कूल बस बिद्यार्थी छोडेर मोड्दै गर्दा वरालोमा यात्रुबहाक बसले ठक्कर दिएको थियो । यात्रुबहाक बसको ठक्करबाट स्कूल बसमा सामान्ने क्षति पुगेको छ ।
यात्रुबहाक बसको ब्रेक फेल भएपछि वरालोमा बस अनियन्त्रित बनेको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । यो दुर्घटना बिहान करिब पौने ११ बजेतिर भएको थियो ।