सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ , ३० जेठ - पश्चिम दाङका खोलाहरुमा प्रहरीले लुटधन्दा मच्चाएको छ । दंगीशरण–४ स्थित इलाका प्रहरी हेकुलीका वरिष्ठ सई दल बहादुर बुढाले बबई नदिमा सिभिलमा गएर ट्याक्टर व्यवसायीहरुलाई धम्काएर पैसा असुल्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय हेकुलीको प्रमुखको रुपमा भर्खरै सरुवा भएर आएका बरिष्ठ सई बुढाले दंगीशरण आसपासका ट्याक्टर व्यवसायीलाई हैरानी दिन थालेका छन् । कार्यालयमा हाजिर भएको केही दिनमै ट्याक्टरवालालाई फोन गरेर भेट्न बोलाएर पैसा लिएको एकजना ट्याक्टर व्यवसायी मनिराम चौधरीले जानकारी दिनुभएको छ । बारम्बार आफुलाई फोन गरेर पैसा माग गरेपछी अफिसमै गएर पैसा बुझाएको उहाँले बताउनुभयो । प्रत्यक ट्याक्टर व्यवसायीहरुसँग पैसा लिने उदेश्यका साथ उनले अभियाननै चलाएका छन् । अहिले बैधानिक रुपमा पालिकालाई राजस्व तिरेर उत्खनन भइरहेको अवस्थामा पनी उनले अनेक बाहनामा ट्याक्टर व्यवसायीबाट रकम असुल्ने गरेको पाइएको हो ।
त्यसरी पैसा लिइसकेपछी उनले खुलमखुल्ला रुपमा ट्याक्टरलाई नखुलेको ठाउँबाट पनी गिट्टी बालुवा उत्खनन् गर्न दिने गरेका छन् । बैधानिक रुपमा राजस्व तिरेर बोकिरहेका ट्याक्टरबाट पैसा नपाएपछी त्यस्ता ट्याक्टरलाई अनेक बाहनामा उनले नियन्त्रणमा लिने गरेको पाइएको छ । नेपाल प्रहरी शान्ति सरक्षासँग सम्बिन्धित भएपनी प्रहरीको पहिल्यै खोलामा जादा यो समस्या आएको हो । कार्यालय प्रमुखको रुपमा सरुवा भएर गैसकेपछी त्यहाको शान्ति सुरक्षाको अवस्थाबारे बुद्धिजिबीहरुसँग छलफल गर्नुको साटो सुरुमै बरिष्ठ सई बुढाले ट्याक्टरवालालाई फोन गरेर पैसा माग गर्न थालेका छन् । यसरी एउटा प्रहरीले घुसिया काम गर्दा सिंगो प्रहरीकै बदनाम भइरहेको छ । यता इप्रका हेकुलीका बरिष्ठ सई दल बहादुर बुढाले भने आफुले ट्याक्टर व्यवसायीहरुसँग मिलेर काम गर्नका लागी फोन गरेको प्रतिकृया दिनुभएको छैन । उहाँले यो बिषयमा धेरै बोल्न चाहनुभएको छैन । साभार तुलसीपुर खबर