दाङमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

शनिबार, जेठ ३१, २०८२

दाङ, ३१ जेठ – दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हतियार लुकाएर राखेको सूचनाको आधारमा एक व्यक्ति पक्राउ परेका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ति मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लुम बहादुर रावत (उमेर ४४ वर्ष) को घर खानतलासी गर्दा १ नाले भरुवा बन्दुक फेला पारेको हो। उक्त बन्दुक उनले लुकाई छिपाई घरको कोठामा राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रावतलाई नियन्त्रणमा लिई सम्मानित दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्