शान्तिनगरमा पूर्वाधार विस्तार : बहुलाखोला पुलको पूर्वमन्त्री मास्की द्वारा उद्घाटन  सम्पन्न

बुधबार, असार ४, २०८२

शान्तिनगर,४ असार - दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ४ र २ लाई जोड्ने बहुलाखोला पुलको उद्घाटन लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले एक विशेष कार्यक्रमका बीच सम्पन्न गर्नुभयो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

मिति २०८२ साल असार ४ गते सम्पन्न उक्त उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

उक्त पुल निर्माण भएपछि शान्तिनगर गाउँपालिकाका दुई वडाबीचको आवागमन सहज हुने र स्थानीयवासीहरूलाई वर्षायाममा हुने कठिनाइबाट मुक्ति मिल्ने विश्वास गरिएको छ।

पूर्वमन्त्री मास्कीले उद्घाटन कार्यक्रममा बोल्दै पूर्वाधार विकासले स्थानीय समृद्धिको ढोका खोल्ने उल्लेख गर्दै सबैलाई एकजुट भएर विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्