सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१२असार - क्यान्सर पीडित दाङको घोराही उपमहानगरपालिका -५ डागी गाउँका पूर्ण बहादुर बि.ककाे जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।
बि.ककाे जीवन रक्षाका लागि वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बि.क, समाज सेवी युवाहरु मनोज परियार,सुदर्शन सेर्पाइली,चन्द्र बि .क र बिकास सुनारको पहलमा विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको ५६ हजार ३ सय २० रुपैयाँ रकम पीडित पूर्ण बहादुर बि.कलाई बिहिबार हस्तान्तरण गरेको छ ।
वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव तथा समाजसेवी वीरेन्द्र बिकले क्यान्सरपीडित गुभाजुलाई उनकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
बि.क क्यान्सरबाट करीब १ बर्ष अघिदेखि पीडित छन् । २ छोरी र २ छोराका बुबा रहेका पीडित बि.ककाे आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उनले बताए ।