गढवामा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न

शुक्रबार, असार १३, २०८२

गढवा, १२ असार - लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्वेसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। 

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। 513050169_1485781386120971_4792978896446576093_n-1751024017.jpgगढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरू र अभिभावक सहितसँग बालविवाह न्यूनीकरण लागु पदार्थ दुर्व्यसन,सामाजिक सञ्जालको सुरक्षित प्रयोग लगायत विभिन्न विषयवस्तुको बारेमा सहजीकरण गरिएको थियो ।
प्रशिक्षकमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम र कमल गौतम रहनुभएको थियो। 

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले अभिभावक तथा विद्यार्थीहरूसँग लागू औषध र दुरुपयोग एवं ओसारपसार विरुद्ध संग सम्बन्धित प्रचलित कानुन सजाय र बच्ने उपायहरु लगायतको बारेमा छलफलको माध्यमबाट जानकारी दिनुभएको थियो।514094903_1485781869454256_8363273757711693590_n-1751025366.jpgत्यसैगरी कार्यक्रममा कमल गौतमले बालविवाह न्यूनीकरण लागू पदार्थ सामाजिक सञ्जालको सुरक्षित प्रयोगको बारेमा जानकारी दिनुभएको थियो। साथै सचेतनामूलक कार्यक्रममा सहभागीहरूको तर्फबाट उठेका प्रश्नहरूको जवाफ समेत दिनुभएको थियो। 

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर राउत क्षेत्री, विद्यालयका प्रधान अध्यापक सूर्यप्रकाश वर्मा, कार्यपालिका सदस्य चन्द्रा केसी ,वडा सदस्यहरू तथा विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

514354464_1485781319454311_8503019744509656894_n-1751024066.jpg

512807566_1485781406120969_1105454856904760304_n-1751024065.jpg

514322582_1485781906120919_8605291865932912038_n-1751023960.jpg

514094903_1485781869454256_8363273757711693590_n-1751025366.jpg

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्