मुगुको जिमा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

आइतबार, असार १५, २०८२

काठमाडौं, १५ असार - मुगु जिल्लाको जिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जिमा आसपासका बासिन्दाले समेत स्पष्ट रूपमा महसुस गरेको केन्द्रले जनाएको छ।

हालसम्म जनधनको क्षतिको विवरण भने प्राप्त नभएको केन्द्रले जानकारी दिएको छ।

भूकम्पपछि स्थानीयहरूमा केही समय त्रास फैलिएको थियो भने सावधानीका लागि सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्