सहिद पार्कमा वृक्षारोपण तथा झाडी सफाइ कार्यक्रम सम्पन्न

बिहीबार, असार १९, २०८२

घोराही,  १९ असार - सहिद स्मृति पर्यटकिय पार्क घोराही १७ बर्गदीमा विहिवार बृक्षारोपण तथा झाडी सफाई  गरिएको छ । द्वन्दपीडित सन्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता एवं नेपाल वार एसोशियसन जिल्ला वार इकाई अध्यक्ष अधिवक्ता गोमा महराको प्रमुख आतिथ्यमा उक्त बृक्षाराेपण कार्यक्रम भएको थियो ।  अम्विकेश्वरी  सब डिभिजन कार्यालय घाेराहीले   गुल्मोहर, मसला, टिक, अमला, किरिस लगायतका बिरुवा उपलब्ध गराएको थियोे । कार्यक्रममा सहिद परिवार तथा माओवादी केन्द्र घोराहीका सहसचिव रेमन्ता पुन चाैधरीले आपका विरुवा आफैले लिएर रोप्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको अासनवाट बाेल्दै अधिवक्ता गाेमा महराले सहिदहरु राष्ट्रका साझा व्यक्ति भएकोले पार्क निर्माणमा अाफुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयाे । अहिले पार्ककाे सम्रक्षण र विकासको अभाव रहेकाले अाफुले पनि केहि सहयाेग गर्ने  र यस्ता साझा सम्पत्तिमा राज्यले ध्यान दिनुपर्नेमा उहाँको जाेड थियो ।

सहिद सोङरा चौधरीकाे श्रीमति पुन्या चाैधरीकाे  स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा  सहिद प्रसादुका छोरा छल्लु चौधरीले धन्यवाद दिनुभएको थियो । २०५८ साल मङ्सिर १३ गते तत्कालीन राज्यको शाही सेनाले हत्या गरेका निर्दाेष ११ जना किसानहरुकाे सम्झनामा बृक्षाराेपण गरिएको थियोे ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्