सुनमा करबृद्धिविरुद्ध घोराहीमा सुनचाँदी व्यवसायीको मोटरसाइकल ¥याली

सोमबार, असार २३, २०८२

घोराही, २३ असार - सरकारले सुनमा करबृद्धि गरेको प्रति सुनचाँदी  व्यवसायीहरुले आज घोराहीमा बिरोध प्रर्दशन  गरेका छन । नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले आज विरोध स्वरुप घोराहीमा  मोटरसाईकल ¥र्याली निकालेका हुन । घोराहीको ट्राफिक चोकबाट सुरु भएको मोटरसाईकल ¥र्याली निमाहल,नयाँबजार, सेना ब्यारेक,बालमन्दिर,दामोदर चोक,तुलसीपुर हुदै दीपशिखाचोकमा पुगेर समापन भएको थियो ।

विरोध ¥र्यालीका अवसरमा निमाहल चोक,रझेना चोक,नयाँ बजार,दामोदर चोक,तुलसीपुचोक र दीपशिखा चोकमा कोण सभा गरिएको   नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका कावा अध्यक्ष खेम गहतराजले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक बर्ष  २०८२ ÷०८३ को बजेटमा सुन र सुनका गहनामा २ प्रतिशत विलासी कर लगाउँने र जवाहरात लगायतका बहुमुल््य बस्तुमा १३ प्रतिशत भ्याट लगाउँने कदम विरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको अध्यक्ष गतहराजले जानकारी दिनुभयो ।

सुन र सुनका गहनामा २ प्रतिशत विलासी कर र जवाहरात लगायतका बहुमुल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउँने सरकारी घोषणा तत्काल फिर्ता लिन सरकारसंग माग गर्नु भएको छ । साथै छिमेकी मुलुक भारत भन्दा नेपालमा लिईने भन्सारदर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जस्तै ६ प्रतिशत भन्सारदर  कायम राख्न सरकारसंग माग गरिएको छ ।  विरोध ¥र्याली समापनको अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै  सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष धुब्रगतराजले सरकारले बढाएको मुल्य फिर्ता नल्याउँदा सम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उल्लेख गर्नुभयो ।

 बिरोध सभालाई प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली, लगायत सुनचाँदी व्यावसायीहरुले सम्बोधन गर्नु भएको थियो । व्याबसायीहरुले हातमा कालोपट्टी बाँधेर कामगर्ने, सुनचाँदीका पसलमा कालो झण्डा प्रदर्शन, सार्वजनिक स्थानमा बिरोध स्वरुप हस्ताक्षर सङ्कलन गरी सरकारलाई पठाउँने काम गरेको  सुन व्यवसायी संघका  महासचिव मानबहादुर सेपाईलीले जानकारी दिनुभयो ।

सरकारले ब्यबसायीका माग तत्काल सम्बोधन नगरे कडा किसिमका आन्दोनलका कायत्र्रmम गर्ने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन महासचिव मानबहादुर सेपाईलीले गर्नु भएको थियो । सुनचाँदी व्यवसाय दश दिन देखि पूर्ण रुपमा बन्द रहेका छन । पसल बन्द हुदा उद्योगी र सर्वसाधारण दुबै मर्कामा परेका छन ।।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्