दाउन्नेमा सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बुधबार, असार २५, २०८२

नवलपरासी,२५ असार - नवलपरासी पश्चिमको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि नारायणघाट–बुटवल सडकअन्तर्गत बर्दघाट–दुम्किबास खण्डको दाउन्नेस्थित खुर्साने खोलानजिक सडकको केही भाग भासिएर अवरुद्ध भएको हो।

सडक भासिँदा लु १ क ५८२७ नम्बरको ट्रक फसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरदत्त पन्तले जानकारी दिएका छन्। उनका अनुसार मंगलबार रातिदेखि नै राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ।


सडक खुलाउने प्रयास भइरहेको छ, तर लगातारको वर्षाका कारण काममा अवरोध भइरहेको छ, डीएसपी पन्तले बताए। राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फका सवारी साधन बाटोमै रोकिएका छन्।

सडक खुलाउन यतिबेला डोजर र प्राविधिक टोली परिचालन गरिएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा अवरुद्ध सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्