बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको घोराही–तुलसीपुर सडकखण्डमा आजदेखि टाइमकार्ड लागु

सोमबार, फागुन १४, २०८०

दाङ - दाङको घोराही–तुलसीपुर सडकखण्डमा आज सोमबारदेखि टाइमकार्ड लागु भएको छ । तिब्र गतिमा सवारी चलाउदा दुर्घटना बढिरहेको भन्दै टाईमकार्ड लागु गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो। उनका अनुसार अब घोराहाी–तुलसीपुरमा सवारी साधन ७० मिनेटमा आवतजावन गर्नुपर्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घोराही–तुलसीपुर २३ किलोमिटर छ । जसमा घोराही तुलसीपुर सडकखण्डको घोराही–नारायणपुर ३० मिनेट र नारायणपुर–तुलसीपुर ४० मिनेट समय निर्धारण भएको छ । प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागु गरिएको हो ।


त्यस्तैगरी निःशुल्क रुपमा चालकलाई टाइमकार्ड दिने र हराएमा ५० रुपैँया छपाई शूल्क लिने दाङका ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार टाईमकार्ड निरीक्षणकालािग घोराही, नारायणपुर र तुलसीपुरमा ट्राफिक प्रहरी रहनेछन् ।

तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारी साधनलाई लापरवाहीअन्तर्गत कारवाही गरिनेछ । शुरुमा पाँच सय, दोस्रो पटक एक हजार, एक हजार पाँच सयको दरमा जरिवाना हुने ट्राफिक प्रमुख मल्लले बताउनु भयो ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्