सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं,२८असार - जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा अलि उत्तरतिर रहेको उल्लेख गरिएको छ।
देशका पहाडी भूभागमा सामान्यतया बदली र अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ। केही पहाडी ठाउँहरूमा हालै मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसोको अवस्था बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र बागमती लगायतका केही स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ। उच्च पहाडी र हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि छ।
रातिको अवस्था कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
जोखिम र सतर्कता भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको छ। साना तथा ठूला नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक र हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
विभागले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।