सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २८ असार - शान्तिनगर गाउँपालिका–२, पेदामा रहेको श्री बाल कल्याण आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धनका उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय परिवार, जनप्रतिनिधि तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका सभापति विद्यालयका शिक्षक विष्णु ओली रहनुभएको थियो भने प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष सुनिल ओली हुनुहुन्थ्यो। कार्यक्रममा अतिथिका रूपमा युवा समाजसेवी पूर्ण विवश कुसारी र बिमल केसीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा वृक्षरोपणका लागि आवश्यक बिरुवा अमेरिका बस्दै आउनु भएको विद्यालयका पूर्व शिक्षक नरेन्द्र कुसारीले उपलब्ध गराउनु भएको थियो। उहाँ स्वयं पनि कार्यक्रममा उपस्थित हुनु भएको थियो।
विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरू समेतको सहभागिता रहेको सो कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिएको जानकारी दिइएको छ। सहभागीहरूले यस्तो अभियानले वातावरण संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए।