भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डेद्वारा राप्ती आधारभूत अस्पतालको अवलोकन

शनिबार, असार २८, २०८२

सिसहनियाँ,२८असार - भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल, कालापानीको स्थलगत अवलोकन गर्नुभएकाे छ।WhatsApp-Image-2025-07-11-at-4.36.57-PM-1752301633.jpeg

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

सिकलसेल र थालसेमिया रोगसम्बन्धी विज्ञ समेत रहनु भएका डा. पाण्डेले अस्पतालको सेवा, पूर्वाधार तथा आवश्यकताबारे जानकारी लिनुभयो।

त्यस्तै उहाँले अस्पतालमा उपचाररत बिरामीहरूको अवस्था बुझ्दै उहाँहरूलाई स्वास्थ्य परामर्श समेत दिनुभएको थियो।

अवलोकनका क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले डा. पाण्डेलाई धन्यवाद ज्ञापन गर्दै हरेक महिनाकाे एकपटक अस्पतालमै उपस्थित भई सेवा प्रदान गर्न आग्रह गर्नुभयो।

अध्यक्ष विष्टले ग्रामीण भेगका नागरिकहरूलाई गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो आग्रह गर्नु भएको हाे।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायका लागि यस्ता पहलहरू निकै फलदायी हुने उल्लेख गर्दै डा. पाण्डेले समय मिलेसम्म आएर सेवा दिने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्