सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२८ असार - दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिमा लोकभजन प्रतियोगिता सञ्चालन हुने भएको छ । साउनको १ गतेदेखि ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा लोकभजन प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार,दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लोकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि सो प्रतियोगिता सञ्चालन गर्न थालिको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम आचार्यले जानकारी दिनुभयो ।
शिवपुराण तथा श्रींगारिक महाआरतिमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुँजा,बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुँजा,११ बजेदेखि ४ बजे सम्म प्रवचन,लोकभजन प्रतियोगिता,बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरति,८ बजेदेखि ९ बजे सम्म श्रींगारिक आरति र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन,झाँकी प्रस्तुत हुनेछ । शिवपुरण तथा श्रींगारिक महाआरतिको तयारी तिव्र पारिएको छ ।