पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते

आइतबार, असार २९, २०८२

तुलसीपुर, २८ असार -  पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते भएका छन् । घाइते हुनेमा अटो चालक गढवा गाउँपालिका–७ का १९ बर्षीय तवारक राई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा १ ह २९८८ नम्बरको अटो दंगीशरण–६ स्थित बागर बजारमा आज बिहान साढे ११ बजेको समयमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएका अटो चालकलाई आधारभुत अस्पताल बागरमा सामान्य उपचारपछी थप उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । घटनालगत्तै अस्थायी ट्राफिक पोष्ट बागरबाट बरिष्ठ हवल्दार निम बहादुर सुनारसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । प्रहरीका अनुसार अटोको शाहु अरु नै रहेको पाइएको छ भने उनले आज मात्रै मागेर फलफुलका क्यारेट लिएर पश्चिम रगैजा जाने क्रममा दुर्घटनामा परेको हो । अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।।
साभार : तुलसीपुर खबर

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्