Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

धारपानी सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिकाे तयारी अन्तिम चरणमा

सोमबार, असार ३०, २०८२

दाङ,३० असार - दाङकाे प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रींगारिक महाआरतिकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले आज साेमवार मन्दिर परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी शिवपुरान तथा श्रींगारिक महाआरतिका लागि मञ्च व्यवस्थापन,प्रचारप्रसार,सुरक्षा व्यवस्थापन,सरसफाइ लगायतका कार्य अन्तिम चरणमा पुगेकाे जानकारी दिएकाे छ ।

 साउन १ गते दिउसाे १ बजे शिवपुराण तथा श्रींगारिक महाआरतिकाे उद्घघाटन गरिने छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनकाे प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा समितिका सचिव तथा शिवपुराण तथा श्रींगारिक महाआरति प्रचार प्रसार उपसमितिका संयाेजक विष्णुराम आचार्यले शिवपुराण तथा श्रींगारिक महाआरतिका तयारीका काम अन्तिम चरणमा पुगेकाे भन्दै सवै भक्तजनलाई धारपानी मन्दिर आउन आग्रह गर्नुभयाे । 

उहाले साउनकाे २ गतेदेखि २९ गते सम्म लाेकभजन प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयाे ।भएको हाे । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार,दाेस्राे हुनेलाई १० हजार र तेस्राे हुनेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लाेकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि साे प्रतियोगिता सञ्चालन गर्न थालिएकाे आचार्यले जानकारी दिनुभयाे । 

शिवपुराण तथा श्रींगारिक महाआरतिमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुँजा,बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुँजा,११ बजेदेखि ४ बजे सम्म प्रवचन,लाेकभजन प्रतियोगिता,बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरति,८ बजेदेखि ९ बजे सम्म श्रींगारिक आरति र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन,झाँकी प्रस्तुत हुनेछ । शिवपुरण तथा श्रींगारिक महाआरतिकाे तयारी तिव्र पारिएको छ । 

एक महिना चल्ने महाआरतिमा रूद्राभिषेक,लघु रूद्रि,लक्ष्यवर्तिका,चारासी पुजा,जन्मदिन,गृहपुजा,नाग पूजा,ब्राह्मण भाेजन,प्रसाद वितरण,ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरनेछ । पत्रकार सम्मेलनमा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले धारपानी मन्दिरले सवै भन्दा पहिले श्रींगारिक आरतिकाे सुरूवात गरेकाे र त्यसकाे सिकाे अन्य मन्दिरले पनि गर्न थालेकाेमा खुसि व्यक्त गर्नुभयाे । 

 
यस्तैगरी पत्रकार महासंघ दाङका अध्यक्ष संताेष सुवेदी र पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डाक्टर लाेकराज पराजुलीले व्यवस्थित याेजना,सामुहिक एकता र दाताकाे सहयाेगले धारपानीकाे विकासले फड्काे मारेकाे बताउनुभयाे । पत्रकार सम्मेलनकाे सहजिकरण मन्दिरका सञ्चार संयाेजक विमल याेगीले गर्नुभयाे ।
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्