राप्ती प्रतिष्ठानमै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु तोक्न घोराही उपमहानगरको माग 

सोमबार, असार ३०, २०८२

असार,३०  दाङ -  घाेराही उपमहानगरपालिकाले नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड काठमाडौँले स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा विन्दु राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीबाट हटाउने गरेको निर्णयलाई सच्याउन माग गरेको छ । 

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई रिफरल सेन्टर मात्रै तोकिए पछि घोराही उपमहानगरपालिका भित्रका ३७ हजार बढी बिमितलाई उपचारमा समस्या र अन्याय भएको भन्दै घोराही उपमहानगरपालिकाले बीमा बोर्डलाई तत्काल निर्णय सच्याएर प्रतिष्ठानलाई घोराही उपमहानगरपालिका भित्रका नागरिकहरुको उपचारका लागि प्रथम सेवा विन्दु तोक्न अनुरोध गरेको हो ।
 
उपमहानगरपालिकाले आज बीमा बोर्डलाई पत्र लेख्दै अन्य पालिकामा तोकिएका प्रथम सेवा विन्दुमा उपचार लिन जाने कुरा व्यवहारिक नभएको भन्दै उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दु तोकि उपचारमा सहज बाताबरण बनाईदिन आग्रह गरेको हो ।

 नगरका कार्यबहाक प्रमुख हुमाकुमारी डिसीले हस्ताक्षर गरि उक्त पत्र स्वास्थ्य बीमा बोर्डलाई पठाईएको हो । घोराही उपमहानगरपालिकाको नगर अस्पताल बन्ने क्रममै रहेकाले तत्कालका लागि नगरबासीलाई पायक पर्ने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान मै प्रथम सेवा बिन्दु तोकेर विरामीहरुको स्वास्थ्य सुरक्षामा सहजता बनाईदिन स्वास्थ्य बीमा बार्डलाई अनुरोध गरिएको छ ।517448563_1460836028389448_4441452916286768706_n-1752497962.jpg

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्