सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१साउन - दाङको दंगीशरण गाउँपालिका–१, बाँकीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो अन्दाजी २:४५ बजे बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
घाइते हुनेमा दंगीशरण–१, रहरपुर निवासी वर्ष २५ का सिभन चौधरी र वर्ष १८ का छितिज चौधरी रहेका छन् । सिभन चौधरी हाल प्रहरी चौकी रोसी, काभ्रेमा कार्यरत प्रहरी जवान हुन् । उनलाई बाँया खुट्टामा चोट लागेको छ भने छितिज चौधरीको दायाँ खुट्टा र मुखमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ भने ट्याक्टर चालक ३१ वर्षीय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारीपछि प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी निरीक्षक कन्हैलाल चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।