Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

देशभर मनसुनी वायुको प्रभाव कायमै,मध्यमदेखि भारी वर्षाको सम्भावना

बिहीबार, साउन १५, २०८२

काठमाडौँ,१५साउन  - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।


जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्