घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको भने बढ्यो, सूचीसहित

शुक्रबार, साउन १६, २०८२

काठमाडौँ,१६ साउन -   नेपाल आयल निगमले पेट्रोलको मुल्य लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

यस्तैगरी काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।petroliyam-1754011193.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्