देशभर मनसुनी वायुको प्रभाव,तराईसहितका क्षेत्रमा भारीसम्म वर्षा हुने

आइतबार, साउन १८, २०८२

काठमाडौँ,१८साउन - नेपालमा फेरि केही दिनका लागि मनसुन सक्रिय भएको छ। यसपालि तराईसहितका ठाउँमा वर्षा हुने भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

औषतमा बागमती, गण्डकी र कर्णालीमा अली कम तर अन्य प्रदेशमा अली बढी वर्षा हुने भए पनि देशैभर मौसम बदली हुने भएको हो।

जल तथा मौमि विज्ञान विभागको, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले तराइसहितका केही प्रदेशका केही क्षेत्रमा भारीसम्म वर्षा हुने थाहाखबरलाई बताइन्।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ। अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्