दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु,१ जना घाइते

आइतबार, भदौ ८, २०८२

दाङ ८ भदौ -  दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् ।


उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताउनुभयो । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान ६ बजेको समयमा चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साभार तुलसीपुर खबर

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्