सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही,६ माघ - नेपाली कम्युनिस्ट पार्टी दाङका प्रभावशाली नेता निर्मल आचार्यले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले आज औपचारिक रूपमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो उम्मेदवारी मुलुकको समग्र समृद्धि र दाङ जिल्लाको दीगो तथा सन्तुलित विकासका लागि केन्द्रित रहेको बताउनुभयो। उहाँले दाङलाई कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासको महत्वपूर्ण केन्द्रका रूपमा अघि बढाउने स्पष्ट धारणा व्यक्त गर्नुभयो। जनताको भावना र आवश्यकतालाई प्राथमिकतामा राखेर राजनीति गर्नुपर्नेमा जोड दिँदै जनमुखी विकास, सुशासन र सामाजिक न्याय नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो।
सरल, मिलनसार र सधैँ जनताको घरदैलोमा सहजै भेटिने नेताका रूपमा उहाँलाई चिन्ने गरेको स्थानीय मतदाता मनोज मगर बताउनुहुन्छ । लामो समयदेखि पार्टी संगठन निर्माण, जनआन्दोलन र राजनीतिक संघर्षमा सक्रिय रहँदै आउनुभएका आचार्य हाल नेपाली कम्युनिस्ट पार्टीको दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ। पार्टी संगठनलाई जरा तहसम्म मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने उहाँको कार्यशैलीले दाङमा राम्रो जनसमर्थन पाउँदै आएको बताइन्छ।
उम्मेदवार आचार्यले विगतमा भएका कमजोरी र कमीकमजोरीलाई सच्याउँदै जनताको भरोसा जित्ने नयाँ राजनीतिक संस्कारको आवश्यकता रहेको बताउनुभयो। “दाङको विकास जनताको सक्रिय सहभागिता बिना सम्भव छैन, त्यसैले म जनताको आवाज संसदसम्म पुर्याउने उद्देश्यका साथ उम्मेदवार बनेको हुँ,” उहाँले भन्नुभयो।
दाङ क्षेत्र नम्बर २ मा तउहाँका प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का विपिन कुमार आचार्य लगाएतका उम्मेदवार रहेका छन्। बहुप्रतिस्पर्धात्मक यो निर्वाचनलाई दाङको राजनीतिक भविष्य निर्धारण गर्ने महत्वपूर्ण चुनावका रूपमा हेरिएको छ। आज उम्मेदवारी मनोनयन दर्तासँगै दाङ क्षेत्र नम्बर २ को चुनावी माहोल थप तातिएको छ भने जिल्लाभर राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्।।