सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाको दोस्रो अधिवेशनबाट चेतलाल खत्री सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। १५ औ अधिवेशनबाट गाउँपालिका स्तरीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
जसको उपसभापतिमा चित्र बहादुर डाँगी र बिष्णु बस्नेत निर्वाचित भएका छन्। त्यस्तै सचिवमा याम बहादुर पुन तथा सहसचिवमा अर्जुन के.सी. चयन भएका छन्।
अधिवेशनबाट विभिन्न वडा तथा समावेशी समूहको प्रतिनिधित्व हुने गरी सदस्यहरू पनि चयन गरिएको छ। कार्यसमितिमा महिला, दलित महिला, दलित खुला, समावेशी तथा उमेर समूहका प्रतिनिधिहरूलाई समेत समेटिएको छ। सदस्यहरूमा भृकुटी वि.क., दिलमाया कामी, कुमारी खत्री, खिम बहादुर घर्ती, श्रीजना घर्ती, गोविन्द घर्ती, सम्झना पुन, कुलराज घर्ती, रुकमती वि.क., हिमलाल वली, दिलमाया राना, ललित बुढा, निमा थापा, अशोक बुढा, शोभा रोका, अम्मर बहादुर बहकरी, सिता बस्नेत, छत्र बहादुर के.सी., काजल बुढाथोकी, भीमबहादुर बुढा,ठगेन्द्र घर्ती, संगिता वि.क., नन्दलाल कामी, ठगेन्द्र घर्ती र श्यामलाल बुढाथोकी रहेका छन्।