Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक

बुधबार, फागुन ६, २०८२

काठमाडाै‌,६ फागुन - नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १० बुँदे ‘भिजन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापतिसहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञापत्रका १० बुँदा

  1.  सम्मानित भएर बाँच्न पाउने नेपाल
  2.  सपना देख्न सक्ने नेपाल
  3.  सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
  4.  पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल
  5.  ओखती र ओत दिने नेपाल
  6.  छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
  7.  बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
  8.  मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
  9.  विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
  10.  समुन्नतिमा लम्किने नेपाल 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
समाचार