Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङकाे राप्ती पुलमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते

बिहीबार, मंसिर ३, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

दाङ, ३ मंसिर- दाङको देउखुरीस्थित राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुर निवासी १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई तत्काल उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार गढवा गाउँपालिका–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ भने सामान्य घाइते भएका छन् । उनीहरूको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन ।

मृतक सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहानको समयमा भएको उक्त दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । दुर्घटनाले सडक सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्