Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रुकुमपश्चिम - १ मा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा विजयी

आइतबार, फागुन २४, २०८२

काठमाडाै‌,२४ फागुन - रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको छ । 

निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।

गएको बिहिवार भएको चुनावमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गर्नुभएको छ । एउटामात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा एक लाख ६ हजार ६६९ मतदाता रहेका थिए । त्यसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए । साभार उज्यालाे अनलाइन 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्