दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ 

शुक्रबार, चैत २, २०८०
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ - सुन तस्करी अभियोगमा  अनेरास्ववियु क्रान्तिकारीका महासचिव  दिपेश पुन पक्राउ पर्नुृ भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ पर्नुृ भएको हो। 

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो। 

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो। पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी