रसुवा बाढी अपडेट

रसुवा बाढी अपडेट : मृतकको संख्या १ हजार ९३ पुग्यो, ५८ शव आफन्तलाई हस्तान्तरण

बुधबार, भदौ १७, २०८३

काठमाडौँ,१७ भदाै - रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ९३ जनाको शव फेला परेको छ। मंगलवार रातिसम्म प्राप्त विवरणअनुसार बाढीपहिरो प्रभावित विभिन्न जिल्लासहित भारतमा समेत शव फेला परेका हुन्।

फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५१, धादिङमा ५७, चितवनमा ३२१, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जना रहेका छन्।

प्राप्त विवरणअनुसार फेला परेका शवमध्ये १ हजार ८२ जनाको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ। यस्तै, पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएका ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

बाढीका कारण ठूलो मानवीय क्षति भएपछि विभिन्न जिल्लामा शव खोजी, पहिचान तथा उद्धारका काम जारी रहेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
समाचार