आजकाे माैसम

देशभर वर्षा सक्रिय : विभिन्न नदीमा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बुधबार, भदौ १७, २०८३

काठमाडौँ,१७ भदाै - अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुुम्बिनी  प्रदेशका केही ठाउँमा मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गएराति काठमाण्डौको विष्णुमती नदीमा बाढी आएकोमा अहिले भने पानीको बहाव घटेको छ ।

लमजुङको मस्र्याङ्दी नदीमा बाढी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
समाचार