सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, १९ भदौ - त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्यमा ठूलो सफलता हात लाग्ने देखिएको छ । उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको पुष्टि भएको छ।
पछिल्लो जानकारी अनुसार, सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ। उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै "नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ" भनी कराउँदा भित्रबाट "हुन्छ" भन्ने स्पष्ट प्रतिक्रिया प्राप्त भएको छ। यसले भित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि गरेको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली अहिले अत्यन्तै सावधानीपूर्वक र तीव्र गतिमा उद्धार कार्यलाई अगाडि बढाइरहेको छ।
"भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ," न्यौपानेले बताए ।
अहिले घटनास्थलमा थप प्राविधिक सहयोग र उद्धारका उपकरणहरू परिचालन गरिएको छ। सुरुङको जटिल बनावटका बावजुद सुरक्षाकर्मीहरूले फसेका व्यक्तिहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छन्। समचार साभार :राताे पार्टी