तिहार तिहार
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

सोमबार, कात्तिक २३, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ, २३ कात्तिक - यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा पर्व मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गर्ने परम्परा छ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने तथा दूध पोषिलो हुने भएकाले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा गाईको विशेष महत्व रहेको छ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत रहेको छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

त्यस्तै, साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्‍याउने धार्मिक विश्वाससमेत रहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०६:५१
प्रतिक्रिया दिनुहोस्