बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयाममा अघि बढ्ने

सोमबार, वैशाख २४, २०८१

काठमाडौं  - नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो । बहुपक्षीय यात्रामा जापानले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता विदेशमन्त्री योकोले जनाउनु भएको छ ।

हिमाल बचाउन आग्रह

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष योकोले शिष्टाचार भेट गर्ने क्रममा बहुपक्षीयताको ज्वलन्त विषय रहेको विश्वव्यापी जलवायु परिवर्तनको मार नेपालका हिमालमा गम्भीर रूपमा परेको राष्ट्रपति पौडेलले औँल्याउनुभयो । उहाँले अत्यधिक तापक्रम र कार्बन उत्सर्जनबाट पग्लँदै गरेको हिमालका कारण पृथ्वीको सुरक्षा चुनौती बढेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा गम्भीर भइदिन आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

जापानका विदेशमन्त्री कामिकावा योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि अत्यन्तै चिन्तित रहेको स्पष्ट पार्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको जानकारी गराउनुभयो ।

आर्थिक–सामाजिक विकासमा थप सहयोग गर्ने

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा द्विपक्षीय हित, आर्थिक तथा समाजिक सहकार्य तथा नयाँ सम्भावित साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले गर्दै आएको सहयोगको सराहना गर्नुभयो । नेपालले लिएको विकास लक्ष्य पछ्याउँदै पछिल्लो समय ठुला पूर्वाधार निर्माणमा जापानको महìवपूर्ण रहेको भन्दै त्यस क्रममा नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार प्रकट गर्नुभयो ।  जवाफमा विदेशमन्त्री योकोले नेपाल–जापानबिचको सौहार्दपूर्ण र समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाएर लैजाने विश्वास दिलाउनुभयो ।

सम्बन्ध थप सुदृढ बनाइने

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तथा जापानका विदेशमन्त्री कामिकावा योकोसहित दुई देशको उच्चस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार नै द्विपक्षीय छलफल भएको छ । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा दुई द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिको भूमिका विस्तार गर्न सकिने सम्भावना रहेको दुई नेतृत्वले स्वीकार गर्नुभयो । सडक पूर्वाधार विकासमा सुरुङ प्रविधिको सुरुवात गर्न नेपालको प्रमुख परियोजनामा जापानको सहयोग सन्तोषजनक रहेको समीक्षा भयो ।

सन् २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइने भएकाले सो कोसेढुङ्गाको वर्षलाई उच्चस्तरीय आदानप्रदान र विभिन्न कार्यक्रमका साथ मनाउनुपर्नेमा दुई नतेृत्वले सहमति जानकारी दिनु भयो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्