बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

इपिएस पहिलो चरणमा परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

शनिबार, वैशाख २९, २०८१

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जानकारी दिएको छ  ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सो शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । सो शाखाका अनुसार भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरेको छ । स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुव्रmराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको इपिएस शाखाले जनाएको छ ।

 पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग ९एचआरडी० ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ । गएको फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरिएको थियो । इपिएस शाखाले कोरियन भाषा र सिप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार सिप परीक्षाको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो । उहाँले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार छनोट गरेर पठाउने योजना रहेको बताउनुुभयो । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।

आवेदन दिएका ६९१ जनाको सेवा परिवर्तन

यसैबिच रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका ६९१ जनाको सेवा परिवर्तन भएको छ । इपिएस कोरिया शाखाले कृषि तथा पशुुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाका लागि आह्वान गरेको सूचनामा तीन हजार पाँच सय जनाले सेवा क्षेत्र परिवर्तनका लागि आवेदन दिएकोमा त्यो सङ्ख्याको मात्रै सेवा क्षेत्र परिवर्तन भएको हो ।

सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्