बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

चितवन दुर्घटनाका बेपत्ताको पहिचान खुल्यो (नामावलीसहित विवरण)

शुक्रबार, असार २८, २०८१

नारायणगढ - अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ । ठाउँठाउँमा झरेको पहिरो हटाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सडकको १३ ठाउँमा लेदो माटोसहितको पहिरो खसे पनि सबैभन्दा बढी जटिल कालिखोला र सिमलतालमा पहिरो गएको थियो । अन्य स्थानको पहिरो बिहानै सफा भए पनि कालीखोलाको पहिरो पन्छाउन समय लागेको हो । पहिरो पन्छाउन स्क्याभेटर १, लोडर ३ र जेसिभी १ लगायतका उपकरणहरु परिचालन गरिएको थियो ।

पहिरो झर्दा दुई वटा यात्रुवाहक सवारीसाधन नदीमा बेपत्ता भएका थिए । यस्तै, पहिरोले भरतपुर महानगरपालिका २९ सिमलतालमा दुई वटा सवारीसाधन बगाएको थियो । अविरल वर्षाका कारण पहिरोले दुई यात्रुवाहक बस बगाउँदा अधिकांश यात्रुहरु बेपत्ता भएका छन् । केही भने पौडिएर बाहिर निस्कन सफल भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पौडिएर निस्किएका तीन जना यात्रु अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिमालका अनुसार बिहान करिब ३स्३० बजे भएको सो घटनामा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बस र वीरगञ्जबाट काठामाडौं आउँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ ।  

यसैगरी, नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरोमा खसेको ढुङ्गा लागेर चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५६६ न।को बसलाई अचानक माथिबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर बसका चालक नवलपरासीका सुनवल न।पा।४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

काठमाडौं गौर बसमा सवार नन्दूसहित ५ जना, अमृतासहित  २ जना, हरिश्चन्द्रसहित  २ जना, शम्भु नवीनसहित ४ जना, राजु पट्टेल, नन्दन दास, प्रिन्स जैसवाल, सिकेन्द्र, वकिल खाँ, ओम, राजकिशोर, शैलेन्द्र, फिरोज राहुमिया, बसधनी राकेश जैसवाल, किशोर कुमार चौधरी चालकसँगै बसका सहचालक र नाम थर नखुलेका एक जना रहेको चलानीका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसैगरी, वीरगन्ज काठमाडौं बसमा सवार जाहिर महत्तो, राजेन्द्र केसी, अरविन दुवे, हरिन्द्र पण्डित, प्रमान्द्र, हर्दनारायण राउतसहित तीन जना, सालिन मियासहित २ जना, रैजुल आलमसहित दुई जना, कुलदीपसहित दुई जना, अन्सारीसहित दुई जना भारतीय नागरिक, भारतीय नागरिक सन्तोष ठाकुर, सुरेन्द्र शाहा, आदित मिया, सुनिल, सहनुवाज आलमलगायत नाम नखुलेका सहचालक र प्रकाशसमेत दुई जना छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्